काठमाडौ । सामाजिक सूरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रीट दायर भएको छ ।
अधिबक्ता बिमल पौडेलले सरकारको उक्त निर्णय तत्काल खारेजीको माग गर्दै आइतबार सर्वाेच्च अदालतमा रीट दायर गरेका छन् । गत जेठ २४ को मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको थियोे ।
राष्ट्रिय परिचयपत्र आफैं गएर बनाउनुपर्ने अनिवार्यता छ । बृद्धबृद्धा,रोगी,असहाय,ग्रामिण भेगमा बस्नेहरु एक्लै जिल्ला प्रशासन सम्म जानसक्ने अबस्था पनि छैन् । तसर्थ ठूलो सँख्यामा नवीरकण हुन नसकी सामाजिक सूरक्षाभत्ता लिनबाट बञ्चित हुने अबस्था देखिएकोले सरकारको उक्त निर्णय तत्काल रोक लगाउन समेत अधिवक्ता पौडेलले माग गरेका छन् ।