पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन्।
बिहीबार जिल्ला अदालत कास्की इजलासमा लामिछानेले जिल्ला न्यायाधीश नितिज राईसँग आफूलाई तारेखमा छाड्न आग्रह गरेका हुन्।
लामिछानेले धेरै बेर कुरा राखेपछि जिल्ला न्यायाधीश राईले संक्षिप्तमा कुरा राख्न भनेका थिए। जबाफमा लामिछानेले भने, ‘म पीडित भएकोले धेरै समय बोल्न परेको हो श्रीमान्।’
सरकारी वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीश राईले प्रतिवादीहरूलाई केही भन्नु छ भनेर सोधेका थिए। रविले- ‘बाहिरै बसेर मुद्दा लड्न पाऊँ,’ भने।







