
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिको गौशालारधर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गौशालाधर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको हो।
समितिका अन्य सदस्यमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र पर्यटन मन्त्रालयका संस्कृत शाखाका उपसचिव छन्।
समिति जग्गाको स्वामित्वको अवस्थाका विषयमा अध्ययन गरी यथार्थ विवरण सहितको प्रतिवेदन तीस (३०) दिन भित्र मन्त्री समक्ष प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ ।






