
काठमाडौं । अमेरिकाको फ्लोरिडा क्षेत्रमा शक्तिशाली तुफान आएको छ ।
मिल्टन नाम दिइएको तुफानले उक्त क्षेत्रमा ठूलो त्रास फैलिएको छ ।
तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिममा रहेको बताइएको छ । यो तुफान १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको बीबीसीले जनाएको छ ।
फ्लोरिडामा आपतकाल घोषणा गर्न राष्ट्रपति कार्यालयले अनुमति दिइसकेको छ ।
शताब्दीकै शक्तिशाली तुफान भएको हुनसक्ने अनुमान बताइएको बीबीसीले जनाएको छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय गरी १ हजार ५०० हवाई उडान रद्द गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको पनि बीबीसीले जनाएको छ ।








