आमा दिवसको अवसरमा समस्त आमाहरूमा हार्दिक शुभकामना!
गीत
दिलमा मेरी आमा
डा. सदानन्द कडेल
यति प्रिय अरू कोही नै छैन संसारमा
रातमा जून, दिनमा घामझैँ दिलमा मेरी आमा ।
महान जन्मदात्री तिमी सन्ततिको रक्षक
हुर्काउने, पढाउने तिमी प्रथम शिक्षक
संघर्षशील जिन्दगीमा गर्यौ अति धामा
रातमा जून दिनमा घामझैँ दिलमा मेरी आमा ।
बच्चा काखमा लिँदै बिते अनिदा ती रात
भात भान्सा, मेलापात, कामको सधैँ खात
आफ्नो दुःख दर्द भुल्यौ हाम्रो सुबिस्तामा
रातमा जून, दिनमा घामझैँ दिलमा मेरी आमा ।
आफू हार्न तयार हुन्छ्यौ परिवारको जितमा
निस्वार्थी छ माया तिम्रो सन्तानको हितमा
कहिल्यै छायाँ पर्न दिन्न तिम्रो प्रतिष्ठामा
रातमा जून दिनमा घामझैँ दिलमा मेरी आमा ।
गीतकार डा. कडेलको प्रकाशोन्मुख गीतसङ्ग्रह ’झुल्को आँखामा’ बाट साभार गरिएको ।