
तम्घास।गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान २ बजेतिर जिल्लाको रेसुङ्गा –८ गजुरामा तम्घास–रेसुङ्गा सडकखण्डमा पोखरीबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज १५२८ नम्बरको सफारी जिप बिरुवाको जालीमा ठोक्किएर दुर्घना हुँदा ४ जना घाइते भएका थिए।
रेसुङ्गा नगरपालिका–२ बाघमारे घर भइ हाल रेसुङ्गा– ८ बसपार्क बस्दै आएका १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको हो। उनको उपचारका क्रममा पाल्पामा मृत्यु भएको थियो।
दुर्घटनामा परी प्यू ठानको नौबहिनी गाउँपालिका–१ घर भइ हाल गुल्मी बसपार्क बस्दै आएका १७ वर्षीय अर्जुन बुढाथोकी, बागलुङ भिमगिठ्ठे घर भइ हाल रेसुङ्गा नगरपालिका–८ बसपार्क बस्दै आएका १८ वर्षीय गणेश परियार र रेसुङ्गा–९ चारीखोलाका १८ वर्षीय आयुष गैरे घाइते छन्।
उनीहरु सबैको गुल्मी जिल्ला अस्पताल तम्घासमा उपचार जारी छ।
उपचारका क्रममा उनको त्यही मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।



