
काठमाडौँ । फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
१२९ जना घाइते भएका बीबीसीले जनाएको छ ।
७.८ म्याग्निच्युडको भूकम्पपछि ज्यान गुमाउनेको संख्या १५ पुगेको फिलिपिन्सको नागरिक रक्षा कार्यालयले उल्लेख गरेको छ ।
स्थानीय नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनियाले मृत्यु भएका मध्ये १२ जना सोक्सार्जेन क्षेत्रका रहेका जानकारी दिएका छन् । प्रभावित क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएका उनले बताए ।
स्थानीय समयानुसार बिहान ११ बजेसम्म १३८ परकम्प मापन गरिएको छ । ती परकम्पको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म रहेको जनाइएको छ ।
दक्षिणी फिलिपिन्समा गएको यो शक्तिशाली भूकम्पका कारण दुई दर्जनभन्दा बढी भवनमा क्षति पुगेको छ । तीमध्ये अधिकांश व्यावसायिक भवन तथा प्रतिष्ठान छन् ।



