
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्लाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट ऊर्जावान्, कर्मठ एवं युवा नेता राजा शाक्य सभापति पदमा निर्वाचित भएका छन्। काठमाडौं धुमबाराहिमा सम्पन्न अधिवेशनको अन्तिम मत परिणामअनुसार शाक्यले २५१ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गरे। शाक्यले आफ्नो प्रतिद्वन्द्वीलाई ६९ मतले पछि पार्दै काठमाडौँ जिल्लाको कमान्ड सम्हालेका छन।काठमाडौँको राजनीतिक वृत्तमा राजा शाक्य एक ‘सक्रिय सहयोगी र निष्ठावान् युवा’ का रूपमा परिचित छन्। काठमाडौ क्षेत्र न्ं ८ निर्वाचन संयोजक पनि हुन् राजा शाक्य । विशेष गरी नेपाल भाषा, संस्कृति र सम्पदाको उत्थान र संरक्षणको क्षेत्रमा उनले पुर्याएको योगदान उल्लेखनीय छ। स्थानीय जनताका समस्या, सांस्कृतिक मुद्दा र स्थानीय सरोकारका विषयहरूलाई दृढताका साथ बोकेर हिँड्न सक्ने एक सक्षम र जुझारु नेताका रूपमा उनी स्थापित छन्।
निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरू:
उपसभापति: रबिन्द्र गौतम (२१६ मत)
सचिव: सन्तमान महर्जन (२९७ मत)
सहसचिव: सौरभ बस्नेत (३२५ मत – सर्वाधिक मत)
जिल्ला सदस्यहरू:
बलराम कार्की (२३६ मत)
सम्शेर श्रेष्ठ (१८२ मत)
केदार रैला (१६६ मत)
नवनिर्वाचित सभापति राजा शाक्यको आगमनसँगै काठमाडौँ रास्वपामा नयाँ ऊर्जा थपिएको शुभेच्छुकहरूको भनाइ छ।




