
काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।
बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेलगायत कार्यसूची छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची राखिएको लामो समय भए पनि यसमा विषय प्रवेश नै हुन सकेको छैन ।


