
काठमाडौँ ।अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानका दुई ड्रोन खसालिएको जनाएको छ ।
होर्मुजमा अन्तर्राष्ट्रिय समुद्री आवागमनका निम्ति खतरा उत्पन्न गरिरहेका भन्दै इरानी ड्रोनलाई अमेरिकी सेनाले नष्ट गरेको सीएनएनले जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “आज केही समयअघि, मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले होर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय समुद्री आवागमनका निम्ति खतरा पैदा गरिरहेका इरानका दुई ‘वान–वे अट्याक ड्रोन’ खसालेको छ ।”

