
काठमाडौँ । नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वरले हरेक वर्ष अर्पण गर्दै आएको कबा पुरस्कार सम्मानलाई निरन्तरता दिदै २०८२ को प्रतिभा चयन गरेको छ।
यसपालि महेन्द्र इन्दिरा कबा साहित्यिक पत्रकारिता पुरस्कार २०८२ कपन अनलाइनका प्रधानसम्पादक पुण्यराज पुडासैनीलाई अर्पण गरिने भएको छ।
२०८२ सालमा पत्रिकामा प्रकाशित रचनाहरूमध्ये उत्कृष्ट रचनालाई अर्पण गरिने पुरस्कारहरू भलाद्मी भोलालाई नालाङ्ग कबा रचना पुरस्कार पुरुष २०८२, अंशु भट्टलाई पुस्करप्रसाद श्यामा स्मृति कबा रचना पुरस्कार महिला २०८२, विश्वजीत गुप्ता नवलपरासीलाई अविरल गङ्गा कबा रचना पुरस्कार मोफसल २०८२,कृष्णप्रसाद पौडेल जस्ताघरेलाई भमरकोटे कबा रचना पुरस्कार सुसेली २०८२ र जोशेफ इन्टरनेशनल स्कुल कपनकी भावना बराललाई हेमगङ्गा कबा रचना पुरस्कार बाल २०८२ अर्पण गरिने भएको छ।
यसैगरी कपन बानेश्वर साहित्यिक साप्ताहिकका आजीवन सदस्यहरू साहित्यकारहरू वासुदेव पौडेल र शम्भु प्रकृतिलाई कबा सम्मान अर्पण गरिने पत्रिकाका सल्लाहकार वरिष्ठ उपन्यासकार शङकर भारतीले बताए।
कबाका प्रवन्धक वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक, कबाका स्तम्भकार वरिष्ठ कवि त्रिलोचन आचार्य र कबा साहित्यकार उपचार कोषका अध्यक्ष सुसेली विधाका प्रवर्धक दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको ३ सदस्यीय प्रतिभा चयन समितिले प्रतिभा चयन गरेको थियो।
पत्रिकाको संरक्षक सदस्यहरू हेम पौडेल ,पुष्करप्रसाद खरेल, श्यामा खरेल, माधवलाल श्रेष्ठ ,गङ्गा लिगल र महेन्द्र चालिसेबाट आएको सदस्यता शुल्कको अक्षयकोष स्थापना गरेर पुरस्कारको व्यवस्थापन गरिएको व्यवस्थापक विमल कोइरालाले बताए। सम्मान तथा पुरस्कार आगामी साउन ५ गते मङ्गलबार कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको चौधौं वार्षिकोत्सबको अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा अर्पण गरिने पत्रिकाका सम्पादक निबन्ध आचार्यले इखबर नेटलाई जानकारी दिए।


