
काठमाडौँ। एमालेका युवा तथा विद्यार्थीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध काठमाडौंमा मशाल जुलुस निकालेका छन् ।
प्रधानमन्त्री बालेन शाहले आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।
नेकपा एमालेले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा आइतबार साँझ मशाल जुलुस निकालेका हुन् ।


