काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने सवैधानिक परिषदको निर्णयविरूद्ध परेको रिट दर्ता गर्न आदेश दिएकी छन् ।
प्रधानको एकल इजलासले सोमबार दिउँसो १ बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपरको निवेदनसमेत दर्ता गरी मंगलबार पेसी चढाउन आदेश दिएकी हुन् ।
मल्लले लिखित आदेशमा भनेकी छन्- ‘कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटाको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’
प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयविरुद्ध परेका रिटहरू सर्वोच्च प्रशासनले यसअघि दरपीठ गरेको थियो ।