काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुशील बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा.शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन् ।उपकुलपति बज्राचार्यले शुक्रबार जिम्मेवारी दिएका हुन् ।
कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिएका हुन ।
रिक्त रहेको पदमा तत्कालका लागि पदाधिकारी तोकिएको हो । नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ । उपकुलपति सिफारिस समिती गठन भई आवेदन माग गरिएको छ ।