काठमाडौं । पन्त स्मृति प्रतिष्ठानले यस वर्षको ‘रामराज पन्त स्मृति सम्मान पुरस्कार’ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजाललाई प्रदान गरेको छ ।
यो सम्मान रिजालको ‘शकुन्तला’ उपन्यासका निम्ति प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
शुक्रबार (वैशाख २५) काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानले यस वर्षको समालोचना विधाको ‘टीका–मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार’ नेपाल सरकारका पूर्वसचिव एवं साहित्यकार गोपी मैनालीलाई प्रदान गर्यो । मैनाली एक दर्जनजति कृतिका सर्जक हुन् ।
प्रतिष्ठानले ‘सुशीला पन्त स्मृति बालसाहित्य सम्मान पुरस्कार’ बाल साहित्यकार कार्तिकेय घिमिरेलाई प्रदान गरेकोे छ ।