काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा आजसम्मकै ठूलो जनसभा गर्ने बताएका छन् ।
जनताहरु प्रमुख दलबाट अलग भए भन्ने भाष्य चिर्नका लागि एमालेले जनपरिचालन गर्न लागेको उनले बताए ।
‘प्रमुख दलबाट जनता अलग भए भन्ने भाष्य चिर्न हामीले कात्तिक २२ गते वडामा जनभेला, २५ गते पालिकामा र्याली र २९ गते जिल्लामा सभा गर्दैछौं,’ उनले भने, ‘मंसिर २७ गते नेपालकै इतिहासकै ठूलो जनसभा गरेर जनता कसको साथमा छन भनेर देखाउँछौं ।’
सोमबार काठमाडौंमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा पोखरेलले एमालेको महाधिवेशन उद्घाटनको दिन इतिहासकै ठूलो जनसभा गर्ने बताएका हुन् ।