बनेपा । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा शुरु भएकोले विपी राजमार्गमा सवारी साधन होल्ड गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको छ ।
यसअघि आजै तीन दिनपछि विपी राजमार्गमा सवारी सुचारु गरिएको थियो । सुरक्षा सर्तकतालाई ध्यान दिदै विपी राजमार्ग रातिको समयमा भने बन्द नै रहने छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यसअघि सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म यो सडक बन्द हुने जानकारी गराएको छ ।