
काठमाडौँ। आमाको मुख हेर्ने औंसीको दिन कवि.अनन्त अधिकारी र सरस्वती चिमौरियाले आफ्ना दश दश थान कविता सुनाए ।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा ठमेलमा भएको कविता वाचन कार्यक्रममा डा.अनन्त अधिकारीले ‘नयाँ वर्ष’,’ भन बकरा’,’गनगने लोग्नेको श्रीपेच’,’काठमाडौँ र काठमाडौंहरु’,’सर्वाइवल नोट’,’पाउजु नामको स्वतन्त्रता हुँदैन’,’बासङ्ग आग्रह’,’डोर प्रसादको डेरा’,’उप्रान्त मेरो भगवान’ लगायतका कविताहरु सुनाए ।

यसैगरी कवि चिमौरियाले ‘आमा’,’वर्तमानको सारथी म’,’देश त संघीयतातिर जाँदैछ नि’,’आउ एउटा पार्टी खोलौं’, ‘ओ मेरो छोराकी प्रेमिका’, ‘आफन्तले’,’मैले दिन सकिन’,’दुखियाको जिन्दगी’,’म छाँया खोजी रहेछु’ सुनाइन ।
प्रमख अतिथी कवि,साहित्यकार उषा शेरचनले कविहरुलाई सम्मानपत्र प्रदान गर्दै कविताले मन छोएको बताइन । यस्तो व्यस्तताका बीचमा पनि कविमनहरुको उल्लेख्य उपस्थिति हुनु सकारात्मक कुरा भन्दै प्रशंसा गरिन । शेरचनले सुन्दर बिम्बहरुको प्रयोगले कविताहरु बलिया रहेको बताइन ।

यस अघि अग्रज साहित्यकार,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरै अघिदेखि कवितामा सुनिएकी कवि चिमौरियाका वाचित कविताहरु सुन्दर रहेको बताए । उनले भने, “नयाँ वर्ष र आमालार्य भावनात्मक रुपले प्रस्तुत गरेर युगबोध हुने खालका अन्य कविताहरु साँच्चै सुन्दर छन् ।
देशप्रतिको चिन्ताको प्रकटीकरण भएका छन् । बेथितिप्रति कटाक्ष गर्दै जनताको असन्तुष्टीको भकारीमा अन्न राखेर बढ्दै गएजस्तै भरिएको चित्रण गरिएका छन् ।” उनले भोलीका दिनको चिन्ता र व्यवहारलाई सचेत गराउने गरी कविता आएको बताए ।

अर्का कवि डा.अधिकारीका कविताप्रति टिप्पणी गर्दै रोदनले भने,”कविताहरु सकारात्मक आयाममा आएका छन् ।” मान्छेका मन छामेर उपचार गर्नुपर्ने चिकित्सकले कवितामा समग्र मानवीयता पोखेको बताए ।
उनले भने, “डा.अधिकारीका कविता मान्छेका विभिन्न भूमिकाप्रति लक्षित छ । देखिएको सबै सत्य नहुन सक्छ भन्ने गहन भावका कविता पनि सुनिएका छन् ।काठमाडौँको विशालताभित्रका असँख्य पीडाका कवितापनि आएका छन् । “उनले डा.अधिकारीको कवित्व चेत उच्च रहेको बताए ।
प्रमख अतिथी कवि,साहित्यकार उषा शेरचनले कविहरुलाई सम्मानपत्र प्रदान गर्दै कविताले मन छोएको बताइन । यस्तो व्यस्तताका बीचमा पनि कविमनहरुको उल्लेख्य उपस्थिति हुनु सकारात्मक कुरा भन्दै प्रशंसा गरिन । शेरचनले सुन्दर बिम्बहरुको प्रयोगले कविताहरु बलिया रहेको बताइन ।

लेखनाथ हुमागाईँले आफुले पढाएका विद्यार्थीहरुको साहित्य सिर्जना र सकारात्मक कार्यमा लगनशीलता देखेर मन खुशी भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण महासचिव प्रदीप सापकोटाले गरे । कार्यक्रममा उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राखे ।
अतिथिहरुलाई खादाद्धारा चिवहाल परिवारका राष्ट्रमान तुलाधरले सम्मान गरे । कविद्धयलाई प्रमुख अतिथि शेरचनले माला लगाएर सम्मान गरिन ।
कार्यक्रम चिवहाल परिवार,गौचर ठमेलको सहकार्यमा सम्पन्न भएको थियो भने इखवर नेट मिडिया पार्टनर रहेको थियो ।
कार्यक्रममा चर्चित कवि,साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

