
काठमाडौं । कवि विमुन्स पौडेलका दुई नयाँ कविताकृति सार्वजनिक भएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मुकुन्दशरण उपाध्यायलगायतले पौडेलका दुई कविताकृति ‘सकस’ र ‘नसुनिने आवाज’ सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा प्रा. पुरुषोत्तम दाहालले ‘नसुनिने आवाज’माथि समीक्षात्मक टिप्पणी गर्दै विमुन्सका कवितामा जीवन दर्शन अभिव्यक्त भएको बताए । यस्तै, रत्नमणि नेपालले पनि अर्को कृतिमाथि समीक्षात्मक मन्तव्य राखे ।
प्रमुख अतिथि उपाध्याय, शकुन्तला दाहाल, कवि पौडेल, उपन्यासकार भट्टलगायतले बोलेका थिए ।उक्त कृतिमाथि साहित्यकार भुवन बोहराले पाठकीय मन्तव्य राखे
कविहरू कल्पना भट्टराई, सरस्वती अर्याल, निश्चल पराजुली, कविराज भट्टले कृतिभित्रका कविता वाचन गरे ।



