
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले समानुपातिक सांसदहरुसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज (बुधबार) प्रधानमन्त्री बालेनलेअन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। छलफल मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने छ ।
छलफलमा सांसदहरूले आआफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने बताइएको छ ।
यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

