
काठमाडौँ।अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।
अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने तयारी गरेपछि सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको हो।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ८.३१ डलर अर्थात् ८.६ प्रतिशतले वृद्धि भई १०४.८८ डलर कायम भएको छ। दुई साताको अल्पकालीन युद्धविराम पछि शान्ति सम्झौता हुने आशा गरिए पनि वार्ता निष्कर्षविहीन टुङ्गिएपछि बजारमा फेरि अस्थिरता छाएको ऊर्जा विज्ञहरूले बताएका छन्।