
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा पदाधिकारी निर्वाचित गर्ने निर्वाचन कार्यक्रममा डा. स्वर्णिम वाग्लेले उपसभापति पदमा उमेदवारी दर्ता गराएका छन् ।
उनको प्रस्तावक रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ छन् ।
यसअघि श्रेष्ठ सोही पदको आकांक्षी थिए । स्वर्णिम केन्द्रीय सदस्यमा लोकप्रिय मत ल्याएर विजयी भएका थिए ।
