काठमाडौँ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत जाने भएका छन् ।
यही चैत २९ गते आइतबार भट्टराई भारतको आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा। राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन जाने भएका हुन् । डा.भट्टराई प्रमुख बक्ताको रुपमा उक्त कार्यक्रममा सहभागिता जनाउनेछन् ।
भारत भ्रमणका क्रममा वैशाख २ गते साउथ एसियन यूनिभर्सिटी नयाँ दिल्लीको कार्यक्रममा प्रमुख वक्ता पनि भट्टराई सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
उनका साथमा पत्नि हिसिला यमी पनि भ्रमणमा जाने बताइएको छ।