
गजल
शिव त्रिपाठी
भन्नै छ पर्ने दिल को कुरा हो
थाहा छ यो मुश्किल को कुरा हो
बल्झिन्छ उस्तै दिन रात दुख्छ
खाटा भनौं या खिल को कुरा हो
रोक्लान् परेली कति बेर सम्म
यो नेत्र भर्ने झिल को कुरा हो
लाग्यो करोडौं ऋण प्रेम किन्दा
आजै तिरेको बिल को कुरा हो
खाल्डो भँगालो छ अगाडि मेरो
यो जिन्दगी कै डिल को कुरा हो
हेमजा ,पोखरा