ललितपूर।ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट घाइते भएका दुईजनाको मृत्यु भएको छ ।
बुधबार भएको उक्त घटनामा झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि चक्कु प्रहार भएको थियो ।
घटनामा गम्भीर घाइते भएका दाजुभाइ सुमित र सिर्जनलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकामा मृत्यु भएको हो ।
प्रहरीले घटनाका मुख्य आरोपितलाई पक्रिएको छ ।
ललितपुर प्रहरीको टोलीले मुख्य आरोपित सन्जीबच नेपालीलाई पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा घाइते भएका नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीब नेपालीको नम्बरमा जाँदा सोही विषयमा विवाद भएको खुलेको छ ।