
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।
सिंहदरवारस्थिति दलको कार्यालयमा बैठक बस्न लागेको कांग्रेस सांसद भरत खड्काले बताए। उनका अनुसार बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने छ।
कांग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, निस्कल राई लगायतको दाबेदारी देखिन्छ।