
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक बोलाएको छ ।
कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आगामी बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाइएको छ ।
बैठकको एजेण्डा बारे जानकारी नदिए पनि शनिबार नेता पूर्ण बहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको विषयमा समितिले छलफल गर्ने र निर्णय लिने बुझिएको छ ।

