काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दल नेता चयन गरेको छ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत रूपमा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई संसदीय दल नेता चयन गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
पार्टीका प्रवक्तासमेत रहेका शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
साथै संसदीय दल नेता शाहीले मुख्य सचेतकमा खुस्बु ओलीलाई चयन गरेका छन्।
