काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित चार नेता बीच भेटघाट भएको छ ।
आज बेलुका चार नेता छलफलमा जुटेको उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।उपसभापति वाग्लेले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै भनेका छन्- राजकाज! आज साँझको छलफल!
तर उनले छलफलको विषय भने सार्वजनिक गरेका छैनन् ।
शाह यसअघि रास्वपाले गरेको दुईदिने अभिमुखीकरण अभियानमा पनि सहभागी भएका थिएनन् ।