
धूलिखेल,काभ्रे।जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी साधन संचालन गर्न रोक लगाएको छ । रोशी खोलामा वहाव बढेको तथा राजमार्गका विभिन्न स्थानमा लेदो बगेका कारण सवारी साधन संचालनमा रोक लगाएको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार विपी राजमार्ग अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरेको जानकारी दिए । ‘रोशी खोलाको वहाव बढेको, विभिन्न स्थानमा लेदो बगेर राजमार्ग अवरुद्ध भएकाले बन्द गरेका हौं’–प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने–‘विपद ब्यवस्थापन समितिको आकस्मिक बैठक दिउसो ११ बजे बोलाएका छौं । उक्त बैठकबाट थप निर्णय हुनेछ ।’
जिल्लाका अधिकांश स्थानमा निरन्तर राति देखि नै बर्षात भईरहेको छ ।

