बर्दिया । लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा स्थापना दिवस र सरकार गठन भएको फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो।