पनौती।काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ ।
रास्वपा उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिननाथ गौतमले १४ हजार १८४ मत ल्याउँदा एमालेका अमित तामाङले १३ हजार ८१४ मत पाए ।