काठमाडौं।नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका उमेदवार टुंगो लगाएको छ ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालसँगको तालमेलमा आठ सिटमा उमेदवार टुंगो लगाएको हो ।
मधेस प्रदेशबाहेक अन्य प्रदेशमा एमालेले राष्ट्रियसभा उमेदवार टुंगो लगाएको हो ।
नेता नीरज आचार्यका अनुसार कोसी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल उमेदवार बन्ने भएका छन् ।
मधेशमा रेखा झा, वाग्मतीमा प्रेमप्रसाद दंगाल, गण्डकीमा सम्झना देवकोटाको नाम टुंगिएको छ ।
लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लीला भण्डारीलाई उमेदवार बनाइने भएको छ ।