भक्तपुर। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन भएको बताएका छन्।
भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले)को एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै खड्काले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको उल्लेख गरे। कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिसकेको स्मरण गराउँदै खड्काले भने, ‘मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन हो।’
यसका लागि सरकारले वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। ‘सरकारका निर्णय, गतिविधिहरू निर्वाचन बनाउने, भयरहित बनाउने कदमतर्फ अगाडि बढेका छन् ?’ खड्काले प्रश्न गर्दै भने, ‘यसतर्फ हामी गम्भीर छौं, सरकार यसमा गम्भीर हुनुपर्छ।’
जेनजी आन्दोलनको जाँचबुझ गर्न गठिन आयोगका निर्णयले पनि निर्वाचनको वातावरण बन्न नसकेको उनको थियो। ‘नेताहरूका स्थानहदका निर्णयहरू लगायतका कार्यले प्रश्न उठाएका छन्। आयोग सतर्क हुन जरुरी छ,’ उनले भने।