
काठमाडौं।बागमती प्रोस्कुनको पाँचौ बार्षिक साधारण सभा अध्यक्ष उद्धव प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ ।
काठमाडौको बानेश्वरमा आयोजित सभामा १३ वटै जिल्लामा रहेका प्रोस्कुनका सदस्य संस्थाहरुको सहभागिता रहेको थियो ।
प्रोस्कुनको २०८२ कार्तिक मसान्तसम्म संस्थाको शेयर पुँजी ७ करोड ५५ लाख ७० हजार ९ सय, कोष हिसाव २ करोड ७९ लाख १९ हजार ८ सय ९६, बचत तथा निक्षेप २ अर्ब १८ करोड ३१ लाख ४९ हजार ३ सय ३६ रुपैया रहेको छ । २० लाख ९३ हजार ५ सय ९३ नगद हिसाव रहेको प्रोस्कुनमा ५० करोड ७४ लाख २७ हजार १ सय २९ रुपैया बैकमा रहेको छ । १ अर्ब ५६ करोड २ लाख ६४ हजार ७ सय ३३ रुपैया वित्तीय लगानी रहेको प्रोस्कुनमा १६ करोड ३२ लाख २८ हजार ५ सय ४४ रुपैया ऋण लगानी रहेको छ ।
सभामा १४ विद्यामा उत्कृष्ट भएकाहरुलाई स्थापना दिवसको अवसरमा घोषणा गरिएको सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
पुरस्कार प्राप्त गर्नेहरुमा उत्कृष्ट संचारकर्मी नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना सम्मानित भए ।
सहकारी अभियान्ता बर्षको उत्कृष्ट सम्मान ओमदेवी मल्ललाई प्रदान गरिएको थियो ।
उत्कृष्ट जिल्ला बचत संघका रुपमा काठमाडौ जिल्ला, उत्कृष्ट साकोस दोलखाको जनमुखी साकोसलाई प्रदान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट महिला साकोसमा काभ्रेको लक्ष्मी महिला साकोस, पुर्व संचालक तेजेन्द्रबहादुर खड्का, उत्कृष्ट संचालक सदस्यहरुको तर्फबाट काभ्रेको बनेपामा रहेको बुडोल सामुदायिक साकोसका अध्यक्ष कैलाश केसी, उत्कृष्ट ब्यवस्थापकका रुपमा ग्रामिण साकोस चितवन राप्तीका सिताराम सिलवाल सम्मानित भए ।
साधारण सभामा अध्यक्ष उद्धव सापकोटाले बार्षिक प्रगतिका साथै सहकारी विभाग, मन्त्रालय, राष्ट्र बैकद्वारा जारी सहकारी सम्वन्धी पछिल्ला निर्देशनहरु, सहकारीको अवस्था र आगामी योजनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले स्वागत मन्तब्य व्यक्त गरे ।