;'v]{t @# ;fpg M
k"j{d'VodGqL zfxL
s0ff{nL k|b]zsf] dËnaf/ a;]sf] k|b]z;efsf] a}7sdf s0ff{nL k|b]zsf] ljB't ;DaGwdf Joj:yf ug{ ag]sf] ljw]osdfly wf/0ff /fVb} lgjt{dfg d'VodGqL hLjgaxfb'/ zfxL . tl:a/ M ;'/]z cfrfo{÷/f;;
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता जीवन बहादुर शाहीसमेतले आपूर्तिकर्ता कम्पनी तथा उक्त कम्पनीका पदाधिकारीहरुलाई वाईडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले दिएको सफाईविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियारले वाईडबडी विमान खरिद गर्दा बदनियत राखी विमान भन्दा बढी तौलको भुक्तानी गरेर अनियमितता गरेको जनाएको छ । विशेष अदालत काठमाडौँ २०८१ को मङ्सिरमा पुर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित २० जनालाई सफाई दिएको थियो ।
अख्तियारले वाईडबडी खरिदमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ बिगो कायम गरी गत २०८० को चैत २२ मा शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा विशेष अदालतले निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना कर्मचारी र बिक्रेता कम्पनीका सात जना विदेशी दोषी ठहर गरेको थियो भने अन्य सबैले सफाइ पाएका थिए ।