काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै देशभर प्रदर्शन गरेको छ ।
संसद् विघटनविरुद्ध एमालेले घोषणा गरेको जनपरिचालन कार्यक्रमअन्तर्गत देशभरका जिल्ला तथा विभिन्न सहरमा विरोध प्रदर्शनका साथै जनसभाको आयोजना गरिएको हो ।
देशका ठूला शहर र सदरमुकामहरुमा त्यस्ता जनसभाहरु सम्पन्न भएका छन् ।
यसैक्रममा नेकपा एमाले चितवनले आज नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्षरामबहादुर थापा बादलले सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा गर्ने भनेको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिने गर्न रचिएको ‘हनी ट्र्यापिङ’ भएकोले ठूला र स्थापित दलहरू यस्तोमा पर्न नहुने बताएका छन् ।
यसै क्रमममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ ।
