
काठमाडौं ।नेपाल बार एसोसिएसनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनामाथि गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाएको छ।
मंगलबार नेपाल बारले विज्ञप्ति जारी गर्दै कार्कीको निष्पक्षतामाथि प्रश्न उठाएको हो ।
नेपाल बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी भनेका छन्-‘…आयोगका अध्यक्षको पूर्व धारणाले आयोगको निष्पक्षतामा आँच आउन नसक्ने कुराको विश्वसनीय प्रत्याभूति सार्वजनिक भएको छैन। यस्तो गम्भीर घटनालाई छानबिन गर्न नेपाल सरकारले औपचारिकता मात्र निर्वाह गर्न खोजी विषयवस्तुलाई हल्का रूपमा लिएको आम धारणा बनिरहेको छ। यसबाट आयोगको प्रतिवेदनले समेत विश्वसनीयता गुमाउने हुन्छ।’
नेपाल बार एसोसिएसनले प्रहरीको मनोबल खस्कने काम रोक्नुपर्नेमा ध्यान दिन अनुरोध गरेको छ।
CamScanner-07-10-2025-15.31-1759832859 
‘प्रहरीको मनोबल खस्कने गरी भएका हर्कतहरूप्रति सरकार गम्भीर हुनुपर्छ। आवेश, आक्रोश र अराजकताले हत्या, हिंसा र प्रतिहिंसाको दुश्चक्र निम्त्याउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी दीगो शान्तिको पक्षमा छौं। दिगो शान्ति संवाद र सहकार्यबाट मात्र सम्भव छ। तसर्थ व्यापक संवाद गर्न नेपाल सरकार समक्ष हामी अनुरोध गर्दछौं।’
बारले सर्वोच्च अदालतका काम कारबाही सुरू गर्न र बारकै भवन बनाउनका लागि सर्वोच्च अदालत परिसरको जग्गा उपलब्ध गराउन पनि माग गरेको छ।
बारले न्यायपालिकाको पुर्नसंरचनाको विषयलाई पनि जोड दिएको छ ।