
काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानले विजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा काव्य गोष्ठी गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता एवं वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।
आइतबार ठमेलमा आयोजित कार्यक्रममा पवन आलोक,श्रीओम श्रेष्ठ ‘रोदन’,तुलसीहरि कोइराला,विमल भौकाजी,मणि लोहनी,श्रीबाबु कार्की,तारा केसी,पूर्ण बहादुर श्रेष्ठ ह्रदयङ्कृत,मधु पाठक,विश्व सिग्देल,बोधराज पौडेल,सुमन सौरभ,ध्रुवराज थापा ‘पुरुष’,दिपक चौलागाई,गंगा थापा,एलिशा ढुंगाना,राजीव श्रेष्ठ,सरस्वती चिमोरिया,छविरमण सिलवाल लगायतका कविहरुले आआफ्नो सृजना सुनाए ।
उनीहरुको सृजनामा देश,यूगिन चेत,आम मानिसका पीडा,निराशा,विकृति र विसङ्गति विरुद्धका व्यङ्ग्य,पर्यावरण लगायतका विषयका कविताहरु सुनिए ।

चि:वहाल गौचर परिवारको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,पवन आलोक, लघुकथा समाज, नेपालका अध्यक्ष तुलसीहरि कोइराला,उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती लगायतले विजया दशमीको उपलक्ष्यमा शुभकामना मन्तव्य राखेका थिए ।
मिडिया सहकार्य इखबर नेट रहेको उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव प्रदीप सापकोटा तथा स्वागत मन्तव्य सदस्य पूर्ण बहादुर श्रेष्ठले गरेका थिए ।
आमन्त्रित अतिथिहरुलाई चि:वहाल परिवारका राष्ट्रमान तुलाधरले खादा लगाएर स्वागत गरेका थिए ।


