
काठमाडौं।भुटानमा आजदेखि हुने साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।
खेल भुटानको चिङलिमिथाङ रंगशालामा नेपाली समयानुसार आज दिउँसो २ः४५ बजे हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान छन् । प्रतियोगिताका सबै खेल डबल राउन्ड प्रणालीमा सञ्चालन हुनेछन् ।
शीर्ष टोलीले उपाधि उचाल्नेछ ।