जन्मेदेखि अविच्छिन्न रुपले सुख, शान्ति र समृद्धिको कामना गर्ने एकमात्र प्राणी हो, मनुष्य । मनुष्यको उमेर जति जति परिपक्व र चिन्तनशील हुँदै आउँछ, त्यति नै जीवनमा मङ्गल होस्, अमङ्गल नहोस् भन्ने कामना उसले गर्न थाल्दछ । भगवान् बुद्धको सिद्धान्तमा मङ्गल भन्नाले आयु, आरोग्य, यशकीर्ति, सुख, जन, धन र सन्तान गरी जम्मा सात तत्वलाई मानिएको छ । अतः मङ्गल भनेको आयु, आरोग्यादि सप्त (सात) तत्वको अभिवृद्धि हो भने अमङ्गल भनेको उक्त सात तत्वको अनभिवृद्धि (परिहानि वा नोक्सानी) हो भनी बुझ्नुपर्दछ ।
वस्तुतः परापूर्व कालदेखि नै मङ्गल के हो ? भन्नेबारे मनुष्यहरुबीच धेरै चर्चा परिचर्चा नभएका होइनन् । कोही विद्वान्हरुले मङ्गल भनेको के हो भनी जिज्ञासा राख्ने जिज्ञासुहरुलाई दृष्टमाङ्गलिक अर्थात् देखेको कुरा मङ्गल मान्ने विद्वान्हरुले विहान सवेरै उठ्नासाथ बाँसको लट्ठी देख्नु, गर्भिणी महिला देख्नु, अलङ्कृत गरेको पूर्ण घडा देख्नु र आलो रोहित माछा (रोहु माछा) देख्नु मङ्गल हो भनी आफ्नो विचार प्रस्तुत गरे । त्यही विचारधारा अनुरुप शुभ मङ्गल कार्य गर्नुपर्ने दिन जस्तै विवाह, दुलही गृह प्रवेश गराउने दिन अलङ्कृत गरिएको पूर्ण घडा मूलद्वारको दायाँ बायाँ सजाएर राख्ने प्रचलन छ भने विवाह मण्डपको चारै कुनामा बाँसको स-साना बोटहरु ठड्याउने चलन अद्यापि छ । त्यस्तै शुभ जन्मोत्सव, मङ्गलमय उत्सवका दिन अण्डासंगै सिङ्गै माछाको सुकुटी दिने प्रचलन पनि अद्यापि हिन्दू तथा बौद्ध समाजमा चलेकै छ ।
अर्का एकथरी विचारकहरु श्रुतमाङ्गलिक अर्थात् सुनेको कुरालाई मङ्गल मान्दथे । उनीहरुको विचारमा विहान सवेरै जय होस्, कल्याण होस् भनी जय जयकारको शब्द सुन्नु, मन आनन्द हुने ध्वनि अर्थात् शङ्खको ध्वनि सुन्नु घण्टाको आवाज सुन्नु आदिलाई मङ्गल मान्दथे । यही श्रुतमाङ्गलिकहरुको सिद्धान्त अनुसार पुरातन राजप्रासादहरुमा राजाको जय होस् भनी पुरोहित, भात ( जाति विशेष )हरुद्वारा सुमधुर स्वरले राजाहरुको गुणगान गाउने, मङ्गलाश्चरण, स्वस्तिवाचन गराउने प्रचलन पनि चल्दै आए भने देवस्थलहरुमा देवदेवीको स्तोत्र तथा शङ्ख र घण्टाको ध्वनि गुञ्जायमान गरी जय मङ्गल कामना गर्ने प्रचलन पनि अद्यापि चलिआइरहेको छ ।
एवं प्रकारले मुत्तमाङ्गलिक अर्थात् छोएको कुरालाई मङ्गल मान्ने विचारकहरु पनि समाजमा विद्यमान थिए । यिनीहरुले विहान सवेरै कमल आदि सुगन्धयुक्त फूल छुनु, सुँघ्नु, असल दतिवन गर्नु, पृथ्वी छुनु, गोबर छुनु र लिप्नुलाई मङ्गल हो भनी आफ्नो विचार प्रस्तुत गरे । यही मुत्तमाङ्गलिकहरुको विचारधारा अनुरुप विहान सवेरै मूल ढोकामा गोबरले लिप्ने, दतिवनले दाँत माझ्ने, सुगन्धित फूल, धूपहरु भगवान्लाई चढाउने परम्परा, संस्कृति अद्यापि चलिआएकै छ ।
यसरी मङ्गल अमङ्गलकाबारे विविध विचारकले विविध विचारहरु अघि सारे पनि कसैले माने, कसैल मानेनन् । एकथरी ज्योतिष विज्ञहरुले ग्रह, नक्षत्र, राशिको प्रभावले मनुष्यलाई मङ्गल अमङ्गलको स्थिति आइपर्छ भन्ने विचार प्रस्तुत गरे । विचरा निरीह मनुष्य कसको कुरा मान्ने, कसको नमान्ने, अलमलिए । ग्रह, नक्षत्र, राशिको अदृष्य शक्तिले नै मङ्गल अमङ्गल हुन्छ भन्नेहरु धेरै देखिन थाले । मनुष्यहरु विना मेहनत आयु, आरोग्य, यशकीर्ति प्राप्त गर्ने ध्याउन्नमा रहन थाले । गणेश भगवान्को पूजा, आराधना गरी लड्डु चढाएमा मङ्गल हुन्छ भनेको सुनेर कोही गणेश भगवान्को आराधनामा लागे ‘भने कोही ग्रह, नक्षत्रको प्रभावले साढे साति, अढैया, योगिनी आदि दशा लागि अमङ्गल भएको हो भन्ने सल्लाह पाएर त्यही अनुरुप शङ्कटा, महाँकाल, भैरव, कुलदेवता, काली एवं वर पिपलको पूजा आराधनामा व्यस्त रहे ।
चाहे हिन्दू होस् वा बौद्ध, क्रिश्चियन होस् वा मुस्लिम, शिख वा जैन नै किन नहोस्, भगवान्को पूजा गरेमा आफ्नो पाप तथा अपराध नाश हुनुका साथै मनोवाञ्छा, मनोकामना पनि पूरा हुन्छ भन्ने सोचले मनुष्यहरुको हृदयमा गहिरो जरा गाडेको छ ।
अरु त के कुरा गर्नु र ? सम्पूर्ण वस्तुको शून्यता ( नि:स्वभावता) लाई जानी कुनै वस्तुमा पनि आसक्ति (तृष्णा) राख्नु हुँदैन भनी शिक्षा दिने बौद्ध सिद्धान्त प्रज्ञापारमिता जस्तो पवित्र बौद्ध ग्रन्थ पनि हिजो आज मनोरथ पूरा गरिदिने देवताका रुपमा आफ्नो बढुवा होस्, बिना मेहनत परीक्षा उत्तीर्ण होस्, महङ्गो वाहन, घर, जग्गा लाभ होस् भन्ने मनोरथपूर्ण आशय र तृष्णायुक्त भई पाठ गर्ने, गराउने गलत प्रबृत्तिको विकास भइरहेको छ । जगत सत्वको उद्धार गर्ने, बोधिज्ञान लाभ होस् भनी भावना गर्नुपर्ने प्रज्ञापारमिता ग्रन्थ रत्न आज अरुलाई पराजित गरी, बिगारी, पछाडि पारी केवल आफ्नो फाइदा, स्वार्थ र तरक्कीका लागि पाठ गराउने गलत अभ्यास भइरहेको छ । यस किसिमको यो गलत परम्परालाई प्रज्ञापारमिता पाठमा संलग्न बौद्ध गुरुहरु एवं विज्ञहरुबाट नै यथाशीघ्र निरुत्साहित गरी यस्तो दिग्भ्रमबाट निरीह, अनजान मनुष्यलाई बचाई सच्चा ज्ञान दिन कोशिश गर्नुपर्दछ न कि यस्तै क्रियाकलापबाट फाइदा उठाउनमा ।
वस्तुतः बुद्धकालीन समाजमा पनि विवश र निरीह व्यक्तिहरु के गर्दा मङ्गल होला, के गर्दा अमङ्गल होला भन्ने कुरामा अत्यन्त चिन्तित रहेछन् भन्ने कुरा तत्कालीन घटनाहरुबाट थाहा हुन्छ । एकदिन भगवान् बुद्ध अनाथपिण्डिकद्वारा निर्मित जेतवन विहारमा बसिरहनुभएको बेला एक देवता ( पुण्यात्मा) आएर भगवानलाई यस्तो प्रश्न सोध्नुभयो –
बहु देवा मनस्या च मङ्गलानि अचिन्तयु ।
आकङ्क्षमानासोत्थानं, ब्रूहि मङ्गलमुत्तमम् ॥
अर्थ : हे भगवन् ! आ-आफ्नो मङ्गलको कामना गर्दै धेरै मनुष्य एवं देवताहरुले मङ्गल भनेको के गर्दा प्राप्त होला भनी गौर गरे, तर कसैले पनि मङ्गल के हो भनी बुझ्न सकेन । कृपया सबैको स्वस्ति मङ्गल हुने महत्वपूर्ण मङ्गलका कुराहरु बताउनुहोस् ।
अनि , भगवान् बुद्धले त्यतिबेला सबैको मङ्गल हुने कुराहरु निम्न श्लोकहरुद्वारा व्यक्त गर्नुभयो –
असेवना च बालानं पण्डितानं च सेवना ।
पूजा च पूजनेय्यानं एतं मङ्गलमुत्तमम् ॥१॥
भावार्थ : अज्ञानी (धूर्त, फताहा, मूर्ख, ठग)हरुको सङ्गत नगर्नु, पण्डित ज्ञानी (सत्य कुरा गर्ने, मनुष्यको उद्धार गर्ने, परोपकारी) हरुको मात्र सङ्गत गर्नु, पूजनीय गुण भएका व्यक्तिहरुको पूजा सम्मान गर्नु, यही सबभन्दा ठूलो मङ्गल हुने बाटो हो ।
प्रतिरुपदेशवासो च पुब्वे च कत पुञ्ञता ।
अत्तसम्मापणिधि च एतं मङ्गलमुत्तमम् ॥२॥
भावार्थ : आफ्नो अनुकुल देश (ठाउँ) मा मात्र बस्नु । अनुकुल नभएको ठाउँमा नबस्नु, अघि पुण्य गरेको हुनु अर्थात् पाप गरिसकेपछि (प्रायश्चितको रुपमा) मात्र पुण्य गर्ने प्रवृत्ति छोड्नु, आफूलाई खराब काम गर्नुबाट जोगाउनु, राम्रो परोपकारी काममा लगाउनु, यही सबभन्दा ठूलो मङ्गल हुने बाटो हो ।
बहु सिप्पं च विनयो च सुसिषितम् ।
सुभाषिता च या वाचा, एतं मङ्गलमुत्तमम् ॥३॥
चाहे हिन्दू होस् वा बौद्ध, क्रिश्चियन होस् वा मुस्लिम, शिख वा जैन नै किन नहोस्, भगवान्को पूजा गरेमा आफ्नो पाप तथा अपराध नाश हुनुका साथै मनोवाञ्छा, मनोकामना पनि पूरा हुन्छ भन्ने सोचले मनुष्यहरुको हृदयमा गहिरो जरा गाडेको छ ।
अरु त के कुरा गर्नु र ? सम्पूर्ण वस्तुको शून्यता ( नि:स्वभावता) लाई जानी कुनै वस्तुमा पनि आसक्ति (तृष्णा) राख्नु हुँदैन भनी शिक्षा दिने बौद्ध सिद्धान्त प्रज्ञापारमिता जस्तो पवित्र बौद्ध ग्रन्थ पनि हिजो आज मनोरथ पूरा गरिदिने देवताका रुपमा आफ्नो बढुवा होस्, बिना मेहनत परीक्षा उत्तीर्ण होस्, महङ्गो वाहन, घर, जग्गा लाभ होस् भन्ने मनोरथपूर्ण आशय र तृष्णायुक्त भई पाठ गर्ने, गराउने गलत प्रबृत्तिको विकास भइरहेको छ । जगत सत्वको उद्धार गर्ने, बोधिज्ञान लाभ होस् भनी भावना गर्नुपर्ने प्रज्ञापारमिता ग्रन्थ रत्न आज अरुलाई पराजित गरी, बिगारी, पछाडि पारी केवल आफ्नो फाइदा, स्वार्थ र तरक्कीका लागि पाठ गराउने गलत अभ्यास भइरहेको छ । यस किसिमको यो गलत परम्परालाई प्रज्ञापारमिता पाठमा संलग्न बौद्ध गुरुहरु एवं विज्ञहरुबाट नै यथाशीघ्र निरुत्साहित गरी यस्तो दिग्भ्रमबाट निरीह, अनजान मनुष्यलाई बचाई सच्चा ज्ञान दिन कोशिश गर्नुपर्दछ न कि यस्तै क्रियाकलापबाट फाइदा उठाउनमा ।
वस्तुतः बुद्धकालीन समाजमा पनि विवश र निरीह व्यक्तिहरु के गर्दा मङ्गल होला, के गर्दा अमङ्गल होला भन्ने कुरामा अत्यन्त चिन्तित रहेछन् भन्ने कुरा तत्कालीन घटनाहरुबाट थाहा हुन्छ । एकदिन भगवान् बुद्ध अनाथपिण्डिकद्वारा निर्मित जेतवन विहारमा बसिरहनुभएको बेला एक देवता ( पुण्यात्मा) आएर भगवान्लाई यस्तो प्रश्न सोध्नुभयो –
बहु देवा मनस्या च मङ्गलानि अचिन्तयु ।
आकङ्क्षमानासोत्थानं, ब्रूहि मङ्गलमुत्तमम् ॥
अर्थ : हे भगवन् ! आ-आफ्नो मङ्गलको कामना गर्दै धेरै मनुष्य एवं देवताहरुले मङ्गल भनेको के गर्दा प्राप्त होला भनी गौर गरे, तर कसैले पनि मङ्गल के हो भनी बुझ्न सकेन । कृपया सबैको स्वस्ति मङ्गल हुने महत्वपूर्ण मङ्गलका कुराहरु बताउनुहोस् ।
– अनि भगवान् बुद्धले त्यतिबेला सबैको मङ्गल हुने कुराहरु निम्न श्लोकहरुद्वारा व्यक्त गर्नुभयो
असेवना च बालानं पण्डितानं च सेवना ।
पूजा च पूजनेय्यानं एतं मङ्गलमुत्तमम् ॥१॥
भावार्थ : अज्ञानी (धूर्त, फताहा, मूर्ख, ठग)हरुको सङ्गत नगर्नु, पण्डित ज्ञानी (सत्य कुरा गर्ने, मनुष्यको उद्धार गर्ने, परोपकारी) हरुको मात्र सङ्गत गर्नु, पूजनीय गुण भएका व्यक्तिहरुको पूजा सम्मान गर्नु, यही सबभन्दा ठूलो मङ्गल हुने बाटो हो ।
प्रतिरुपदेशवासो च पुब्वे च कत पुञ्ञता ।
अत्तसम्मापणिधि च एतं मङ्गलमुत्तमम् ॥२॥
भावार्थ : आफ्नो अनुकुल देश (ठाउँ) मा मात्र बस्नु । अनुकुल नभएको ठाउँमा नबस्नु, अघि पुण्य गरेको हुनु अर्थात् पाप गरिसकेपछि (प्रायश्चितको रुपमा) मात्र पुण्य गर्ने प्रवृत्ति छोड्नु, आफूलाई खराब काम गर्नुबाट जोगाउनु, राम्रो परोपकारी काममा लगाउनु, यही सबभन्दा ठूलो मङ्गल हुने बाटो हो ।
बहु सिप्पं च विनयो च सुसिषितम् ।
सुभाषिता च या वाचा, एतं मङ्गलमुत्तमम् ॥३॥
भावार्थ : लोक धम्म अर्थात् लाभ अलाभ, यश अयश, निन्दा प्रशंसा, सुख दुःखले चित्त सधैं प्रभावित नहुने हुनु, मन नडगमगाउने हुनु, शोकरहित हुनु, चित्त निर्मल हुनु, कसैसंग द्वेष नहुनु, निर्भय रहनु (निर्भय त्यो व्यक्ति हुन्छ, जसले कुनै पनि अनैतिक काम गरेको हुँदैन) यही सबभन्दा मङ्गल हुने उत्तम मार्ग हो ।
एतादिसानिकत्वान सव्वथमपराजिता ।
सव्वत्थं यत्थ गच्छन्ति तं तेषं मङ्गलमुत्तमम् ॥११॥
भावार्थ : यी उपर्युक्त भगवान्को उपदेश अनुसार जीवन यापन गर्ने व्यक्ति सर्वत्र अपराजित हुनेछ, जहाँ गए पनि मङ्गलै मङ्गल हुनेछ । यही नै उनको जीवनको सबभन्दा ठूलो उत्तम मङ्गल हो ।
साक्षात् भगवान् बुद्धले दिनुभएको उपर्युक्त अत्यन्त मननीय उपदेशानुसार मङ्गल अमङ्गल हुनुको पछाडि ग्रह नक्षत्र, राशि एवं देवदेवीभन्दा पनि व्यक्तिको आफ्नै सदाचार, पवित्र शीलाचरण नै प्रमुख कारक तत्वका रुपमा रहेको छ भन्ने कुरा बुझ्नुपर्छ । कुनै एक श्लोकमा पनि भगवान्ले मङ्गल प्राप्त गर्न देव देवी एवं ग्रह नक्षत्रादिको पूजा आराधना एवं दृष्टमाङ्गलिक, श्रुतमाङ्गलिक, मूर्तमाङ्गलिकको विचार अनुसार चल्नुपर्छ भन्ने सल्लाह व्यक्त गर्नुभएको छैन । बरु मङ्गल (आयु, आरोग्य, यश, विद्या, सुख, जन, धन, सन्तान) यी सात कुराको अभिवृद्धि चाहनेले सर्वप्रथम सद्धर्म अनुरुप आचरण गर्ने, बृद्ध आमा बाबुको सेवा सुश्रुवा गर्ने, स्वास्नी छोरा छोरीको भरणपोषण गर्ने, दाजुभाइ बन्धुहरुसंग मेलमिलाप दिगो रहिरहने काम गर्ने, भाइबन्धुमा फुट कलह हुने काम नगर्ने उपदेश दिई सर्वप्रथम आफ्नो परिवारलाई स्वस्थ समृद्ध बनाउने तरीका सिकाएको छ । त्यस्तै आफ्नो आयु, आरोग्यलाई अभिवृद्धि गर्न चाहनेले बढी पीर, चिन्ता लिनुपर्ने बन्ध व्यापारमा हात नहाल्नु भन्ने शिक्षा दिई निरोगी, स्वस्थ र तनावमुक्त जीवन निर्वाह गर्ने सल्लाह दिइएको छ । किनभने मनुष्य जीवनमा अमङ्गलको जड नै असन्तुष्टि, ईर्ष्या, डाहा र द्वेषपूर्ण मनोभावना हो । रक्तचाप, मधुमेह, अल्सर, एसिडिटी, ग्याष्ट्रिक र मानसिक रोग आदिको प्रमुख कारक तत्व अत्यधिक तनाव, चिन्ता, आकुल व्याकुल पार्ने कामलाई मानिएको छ । हिजो आज व्यक्तिहरु असन्तुलित भोजनभन्दा पनि खराब रहनसहन एवं आचरणले नै बढी रोग र आकस्मिक दुर्घटनाबाट पीडित रहेको देखिन्छ ।
समाजमा निन्दित, घृणित ठहऱ्याइएका काम नगर्नु भन्ने सल्लाह दिई भगवान् बुद्धले मनुष्यलाई यश, कीर्ति बढ्ने क्रियाकलापमा अघि बढ्न पनि त्यतिकै जोड दिनुभएको छ । जतिसुकै फाइदा भए पनि समाजमा निन्दित काममा नलाग भन्ने सुझावद्वारा भगवान् बुद्धले व्यक्तिलाई नैतिकवान् भई समाज र ऐन कानून सम्मत मार्गमा हिँड्न सिकाएको छ । वस्तुतः आफूसंग भएको धन सम्पत्ति, इज्जत एवं परिवारदेखि असन्तुष्ट व्यक्तिले नै इज्जतको परवाह नगरिकन धन सम्पत्तिका लागि निन्दित काममा हात हाल्ने हुन्छ ।
समाजमा गौरव गर्नुपर्नेमाथि मान सम्मान गर्नु, विनम्र र कृतज्ञ हुनु, आफूसंग जे छ त्यसमा सन्तुष्ट हुनु जस्ता शील आचरण गर्ने मानिसको तन, मन शान्त र शीतल हुन्छ । यो एउटा नैसर्गिक तथ्य हो । यस विपरीत आचरण गरी हिँडेको व्यक्तिको मन शान्त र स्थिर हुन सक्दैन । अशान्त र असन्तुष्ट एवं इर्ष्यायुक्त व्यक्तिको मङ्गल, आयु, आरोग्य, यशकीर्ति, विद्या, सुख, जन, धन, सन्तानको अभिवृद्धि कदापि सम्भव छैन ।
भवतु सर्व मङ्गलम् ।