
काठमाडौं।रसुवामा बाढी आउँदा नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ।
चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले दुई देश जोड्ने मितेरी पुलमा क्षति पुर्याएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार राति अन्दाजी ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा बाढी आएको थियो।
‘मितेरी पुलमा क्षति भएको भन्ने कुरा छ। सबै बगाएको हो कि सामान्य क्षति हो त्यसको अपडेट हुन बाँकी छ।’सहायक सिडिओ अधिकारीले भने।
उनका अनुसार रसुवा भन्सार कार्यालय टिमोरियाको पछाडिपट्टि रहेको भन्सार यार्डका केही गाडीहरू पनि बगाएको छ।
भन्सार कार्यालयका महानिर्देशक महेश भट्टराईले भन्सारको सम्पूर्ण याडदेखि त्यहाँ भएका मालवस्तु र त्यहाँ भएका ढुवानीका साधनहरू अधिकांश बगाएको बताएका छन्।
उनले भने-‘कर्मचारी सुरक्षित छन् । आइसिपीको अधिकांश संरचना बगाएको छ क्षति कति भयो भन्ने यकिन हुन सकेको छैन गाडी निकाल्ने क्रममा केही मानिसहरू हताहत भएको बुझिएको छ।’

