काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधि सभा बेठक सोमबार दिउँसो १ बजे बस्ने तय भएको छ।
सोमबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सत्तारूढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले भर्खरै सम्पन्न भएको विदेश भ्रमण लगायत समसामयिक विषयमा सम्बोधन गर्ने प्रमुख सचेतक बर्तौलाले बताए।