काठमाडौं।नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयक, २०८२ पारित गरिएको छ । शनिबार ९असार १४० बसेको प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक पारित गरिएको हो ।
बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
प्रस्ताव पारित हुनुअघि बैठकमा छलफल गरिएको थियो । छलफलमा सहभागी सांसदले उठाएका जिज्ञासाको गृहमन्त्री लेखकले जवाफ दिएका थिए ।