काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित भएका छन्।
संगठनको १४ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चुन्न शनिबार राति विद्युतीय मतदान भएको थियो।
जसअनुसार अध्यक्षमा शाही चुनिएका हुन्।
अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा भएको थियो। निवर्तमान उपाध्यक्ष कमला थापा र केन्द्रीय सदस्य यामबहादुर कुँवर अध्यक्षका प्रत्यासी थिए।
वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्वुजा, उपाध्यक्षमा गोविन्द भण्डारी निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्ष (महिला)तर्फ अम्बिका चापागाईं चुनिएकी छन्।
महासचिवमा प्रकाश खनाल निर्वाचित भए।
कोषाध्यक्षमा नरवहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, सचिवमा वामदेव सुवेदी र सचिव (महिला) तर्फ वेणु काफ्ले निर्वाचित भइन्।

बिहीबारदेखि भएको महाधिवेशनमा ४७८ प्रतिनिधि थिए।
यो नेकपा एमालेको जनसंगठन पेशागत महासंघ नेपालको घटक संगठन हो ।