
काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी –२० शृंखलामा नेपाली राष्ट्रिय टिमले आज घरेलु टिम स्कटल्यान्डसँग सामना गर्दैछ ।
शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो ।नेपाल तेस्रोनिर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि खेल सुपर ओभरमा पुगेको थियो। उक्त खेल तीन पटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रो पटकमा जित निकालेको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र अहिलेसम्मको एकमात्र खेल हो ।
यता, स्कटल्यान्डको पनि जारी शृंखलामा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो । स्कटल्यान्डको ग्लासगोमा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ ।

