
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अलिकति टाउको निकाले जसो गर्ने र अप्ठ्यारो परे फुत्त तानेर लुकाउने गर्ने गरेको बताएका छन्।
बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
‘लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस् न। तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि।’
‘चुनाव लड्नुसु, पार्टी खोलनुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस्। मेरो पार्टी भन्नुस् न। अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अफ्ठ्यारो पर्यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने।’ प्रधानमन्त्री ओलीको कटाक्ष थियो ।
महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै उनले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताएका छन्।
‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन। सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरू पनि अघि सरुन्।’
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए। उनले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताए।
आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास यनले व्यक्त गरे।
‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।’ उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए।


