
मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका निम्ति शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् ।
शुक्रबार देखि हर्ज पर्वतमा लागेको आगो आसपासका क्षेत्रमा समेत फैलिएको छ । ्शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्निनियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकोप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन् ।
गर्मीले तापक्रम उच्च भएसँगै यस्ता आगलागीका घट्ना बढेको जनाइएको छ ।
शुक्रबार दिउँसो बसमार्फत ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ । पदयात्री र पर्यटकहरुलाई समेत उक्त क्षेत्र छोड्न भनिएको छ ।





