काठमाडौं। Bird Conservation Nepal (BCN)ले चराहरूका क्यालेन्डर भोलि सार्वजनिक गर्देछ।
नेपालमा चराहरूको संरक्षणका लागि Bird Conservation Nepal (BCN) सक्रिय रूपमा लागिरहेको छ। सन् १९८२ मा स्थापना भएको यस संस्थाले देशभर चराहरू र तिनको बासस्थान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।संस्थाले जनचेतना अभिवृद्धि, अनुसन्धान तथा विभिन्न संरक्षण कार्यक्रममार्फत चराहरूको अवस्थाबारे अध्ययन गर्दै आएको जनाएको छ। BCN ले सरकारसँग सहकार्य गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमार्फत वैज्ञानिक तथ्यांक उपलब्ध गराउने काम पनि गर्दै आएको छ।
नेपालमा पाइने ९०० भन्दा बढी प्रजातिका चरामध्ये धेरैजसो हाल जोखिममा रहेका छन्। वन विनाश, जलवायु परिवर्तन, प्रदूषण तथा अवैध सिकार चरासंरक्षणका मुख्य चुनौतीका रूपमा देखिएका छन्।BCN, BirdLife International सँग आबद्ध रहेको संस्था हो, जसले विश्वव्यापी रूपमा चराहरूको संरक्षणमा काम गरिरहेको छ।
BCN ले वर्षभर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। Wildlife Week, World Migratory Bird Day, Urban/Rural Bird Count तथा Annual Water Bird Census जस्ता कार्यक्रममार्फत चराहरूको अवस्था निगरानी गर्ने गरिएको छ।यस्तै, समुदायसँग सहकार्य गर्दै जनसहभागिता बढाउने, विद्यार्थी तथा स्वयंसेवकलाई संरक्षण अभियानमा संलग्न गराउने कार्य पनि भइरहेको छ।विशेषज्ञहरूका अनुसार चराहरूको संरक्षणले वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुर्याउने भएकाले यसतर्फ सबैको ध्यान जान आवश्यक देखिएको छ।