काठमाडौं ।हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मूख्यतया: सफा रहेको छ।
दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई बाँकी प्रदेशका भूभागहरुमा मौसम सफा रहने पूर्वानुमान छ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सोमबार राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको छ।